राष्ट्रियसभा सदस्य निर्वाचन  : संविधानको रक्षाका लागि गठबन्धन

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवारले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।
गण्डकी प्रदेशअन्तर्गतका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहने निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग भेटघाट तीव्र बनाएका हुन् । हालसम्म नवलपुर, लमजुङ र गोरखामा मतदाता भेटघाट सकिएको छ भने आज तनहुँमा मतदातासँग भेटघाट एवं अन्तरक्रिया गरिएको छ ।
नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियारले निर्वाचनमा जीत सुनिश्चित रहेको र घोषणामात्र हुन बाँकी रहेको बताउनुभयो ।
सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।  काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले संविधानको विरुद्धमा लागेको तत्वलाई निस्कृय बनाउन गठबन्धनलाई अझै बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा दलका नेता हरिबहादुर चुमानले यसअघिको निर्वाचनमा मत बदर भएकाले यसपटकको निर्वाचनमा मत बदर हुन नदिन सचेतना जगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, पूर्व प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कलिला खान लगायतले देश विकास र समृद्धिका लागि अहिलेको गठबन्धन अपरिहार्य रहेको चर्चा गर्नुभयो ।
राष्ट्रियसभा सदस्यहरुले माघ ९ गतेसम्म प्रचारप्रसार र मतदाता भेटघाटलाई निरन्तरता दिने जनाइएको छ । मतभारका दृष्टिले निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ । राष्ट्रियभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशसभामा ६० र स्थानीय तहका एक सय ७० मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ ।
प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको जनाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker