म्याग्दे-५ को वडा कार्यलय उद्घाटन
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-५ को नवनिर्मित कार्यलयको उद्घाटन गरिएको छ । गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले वडाकार्यालय उद्घाटन गर्दै गाउँपालिकामा सबै बिषय शिर्षमा समानुपातिक तवरले बजेट बितरण गरिएको बताइन् । अध्यक्ष रानाले चुनावमा जनतालाई दिएको वचन आफ्नो पालामा पुरा गरेको महशुस भएको भन्दै त्यो मुल्याङ्कन गर्ने अधिकार जनताको भएको बताइन् ।
गाउँपालिकामा भएको श्रोत साधनलाई परिचालन गर्ने ठाउँ धेरै भएकोले सबैलाई चित्त बुझाउन समस्या भए पनि पारदर्शी तरिकाले बितरण गर्दा समस्या नभएको उनको भनाइ थियो ।
कार्यक्रमका गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्दे स्थापनाको इतिहास आफैमा गौरब भएको बताए । हामी जनप्रतिनिधि भएर आउँदा रित्तो हात आएका थियौं, कार्यलयदेखि कानुन केही पनि थिएन, त्यसलाई पूरा गर्न समय लाग्दापनि बिकासका काममा सुरुका बर्षा केही ढिला भएको होकि भन्ने महशुस गरेको उपाध्यक्ष घिमिरेले बताए । तर पनि जनताले देख्ने गरी गाउँपालिकाले अहिले काम गरिरहेको घिमिरेको भनाइ थियो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सिंहदरबारको अधिकार गाउँमा भनेको नैँ वडा कार्यलय बन्नु र सेवा दिनु हो भन्दै अब नागरिकको जिवनस्तर उकासिने र दुख पनि कम हुने बताए । राम्रो भवन बन्दैमा नागरिकले गुणस्तरीय र छिटो सेवा पाउँछन् भन्ने हुँदैन यसमा कर्मचारी र जनप्रतिनिधिले बिषेश ध्यान पुर्याउनु पर्ने बताए ।
वडा कार्यलय भवन कुल ८४ लाख २७ हजार १३२ रूपयाँमा सम्पन्न भएको जानकारी दिए । कार्यक्रममा वडा अध्यक्षहरू क्रमश शिवशरण वाग्ले, चन्द्रबहादुर रानाभाट, श्री बहादुर थापा, प्रेम बहादुर थापा, वसन्त थापा, पद्मराज वाग्लेले शुभकामना ब्यक्त गरेका थिए ।










