सेलरोटीको व्यापार

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको सोमबारे कृषि हाटबजारमा बिक्रीका लागि सेलरोटी पकाउँदै स्थानीय एक महिला । गाउँपालिकाले हाटबजार सञ्चालन गरेपछि स्थानीयस्तरमा उत्पादित कृषि उपज बिक्रीवितरणमा सहज हुनुका साथै उत्पादक र उपभोक्ताहरु बीच प्रत्यक्ष खरिदबिक्री हुने गरेको छ ।

तस्विर : भञ्ज्याङ










