प्रतिनिधिसभा सदस्य निर्वाचन : तनहुँमा २८ जनाको उम्मेदवारी, पुराना दलका उम्मेदवारमा पुरानै अनुहार !

तनहुँ : आगामि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तनहुँमा शान्तिपुर्ण ढंगबाट उम्मेदवारी दर्ता भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँका अनुसार तनहुँ–१ मा १६ जना र तनहुँ–२ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ–१ मा नेकपा (एमाले)को तर्फबाट भगवती न्यौपाने, नेपाली कांग्रेसको तर्फबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्वर्णीम वाग्ले, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट विद्यानाथ ढकालले उम्मेदवारी दिएका छन् ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट ओमबिक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट चिजा थापा अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मन्जिल राना, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, नेशनल रिपब्लिक नेपालबाट सुमन थापामगरले उम्मेदवारी दिएका छन् । तनहुँ–१ मा दीपकराज जोशी, सन्देश रानाभाट लौडारी र लेकनाथ खनालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी तनहुँ–२ मा नेकपा (एमाले)को तर्फबाट केदार सिग्देल, नेपाली कांग्रेसको तर्फ शंकर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट श्रीराम न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सोमबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की (गोतामे), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट सुष्मा आले, नेशनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट गणेशबहादुर लामगादे र उज्यालो नेपाल पार्टीबाट मनराज गुरुङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।










