व्यास नगरस्तरीय तीज गीत प्रतियोगितमा दीपज्योति आमा समूह प्रथम

दमौली । तनहुँको दमौलीमा हरितालिका तीज पर्वको अवसरमा आयोजित व्यास नगरस्तरीय तीज गीत प्रतियोगितामा व्यास नगरपालिका–१ को दीपज्योति आमा समूह प्रथम भएको छ ।
व्यास नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा १४ टिमको सहभागिता रहेकोमा व्यास–१३ को पोखरी भञ्ज्याङ महिला विकास सहकारी संस्था द्वितीय भएको छ भने व्यास–१० को दुम्सी नमुना ग्राम समूह तृतीय भएको छ । प्रतियोगितामा साना किसान आमा समूह ब्यास–१४ र मिलनामा समूह व्यास–६ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
‘हाम्रो संस्कृति हाम्रो मान्यता, राष्ट्र निर्माणमा महिला सहभागिता’ भन्ने विषयमा केन्द्रित तीज प्रतियोगितामा प्रथमलाई ३५ हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र सान्त्वना हुने दुई टिमलाई १०/१० हजार रुपैयाँ नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
विजयी समुहलाई गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रूपमा पुरस्कृत गरेका थिए ।










