नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन् गर्ने एक्साभेटर र टिप्पर नियन्त्रणमा

भञ्ज्याङ न्यूज

नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा तनहुँको भीमाद नगरपालिकाबाट एउटा स्काभेटर र ७ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत सोमबार भीमादको वडा नं. ५ स्थित पानटनखोला किनारमा उत्खनन् गर्दै गरेको बा२क ८६९३ नं. को एक्साभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै, नदिजन्य पदार्थ ओसार पसार गर्दै गरेका ग१क ४६०२, ग१क ३२४९, ग१क ४६०१, ग१क ३३४३, ग१क ४८०४, ग१क ४५९६ र ग१ख ९१२० गरी जम्मा ७ वटा टिप्परहरुलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराए ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले भीमाद नगरपालिकालाई बुझाएको थियो । नगरपालिकाले ती सवारी साधनबाट एक लाख सत्तरी हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै सोहिदिन व्यास नगरपालिका वडा नं. १ गल्फुवेशीमा अबैध नदिजन्य पदार्थ लोड गरी हिडेको ना८ख ३५०७ नं. को टिप्परलाई पनि जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले नियन्त्रणमा लिएको छ ।

उक्त टिप्परलाई व्यास नगरपालिकाको कार्यालय पठाइएकोमा उक्त कार्यालयले दश हजार जरिवाना गराएको प्रहरी नायव उपरीक्ष तिमिल्सिनाले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker