तनहुँका इस्लाम धर्मावलम्बीहरु बकर इद धुमधामले मनाउँदै

भञ्ज्याङ न्यूज

तनहुँका इस्लाम धर्मावलम्बीहरूले आज बकर इद धुमधामका साथ मनाइरहेका छन् । जिल्लाको विभिनन पालिकामा बसोवास गरेका इस्लाम धर्मावलम्बीहरु बिहानैदेखि नुरी हन्फी जामे मस्जिद, मस्जिदमा भेला भएर विशेष नमाज पढ्दै शुभकामना आदान-प्रदान गर्दै बकर इन पर्व मनाइरहेका छन् ।

इद उल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद-उल-जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौं दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन् ।

नमाज पढिसकेपछि घर-घरमा गई बलि दिने र एकापसमा शुभकामना आदान-प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले बताए ।

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक प्रचलन रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker