डुम्रे बजार व्यवस्थापनमा गाउँपालिका र व्यापारीको पहलमा सरसफाइ अभियान

डुम्रे : डुम्रे बजार क्षेत्रमा वृहत सरसफाइ तथा व्यवसायी सचेतना अभियान सञ्चालन गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइको आयोजनामा तथा दीपक श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, स्थानीय आमा समूह, युवा क्लब, व्यवसायीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरी लगायत विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

अभियान अन्तर्गत बजार क्षेत्रका सडक, गल्लि तथा सार्वजनिक स्थानहरूको सरसफाइ गरिनुका साथै सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापन, तथा व्यवसायीहरूलाई आफ्नो पसल व्यवस्थित राख्ने, मूल्य सूची राख्ने लगायतका विषयमा सचेतना प्रदान गरिएको थियो ।

यस्तै, गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाको तर्फबाट अस्थायी ट्राफिक प्रहरी कार्यालय डुम्रेका प्रहरीलाई ट्राफिक संकेत चिन्ह (साइन बोर्ड) हस्तान्तरण गरेका थिए । उक्त सामग्रीले बजार क्षेत्रमा पार्किङ व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । उक्त अवसरमा व्यवसायीहरूलाई म्याद गुज्रिएका तथा अखाद्य वस्तुहरू बिक्री नगर्न विशेष रूपमा आग्रह गरिएको थियो । तस्विर : भञ्ज्याङ

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker