लमजुङमा जिप दुर्घटना : दुईको मृत्यु, १२ जना घाइते

लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उकालो चढिरहेको जिप सडकबाट ५० मिटरजति तल खसेको थियो ।

जिपमा चालकसहित १४ जना सवार रहेको पाइएको डीएसपी बस्नेतले जानकारी दिए । उनीहरू सबै घटनास्थलमा घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर उपचार गर्न लैजाँदा दुई जनाको मृत्यु भएको छ ।

मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीइ त्रिवेणी गुरुङ र सोही ठाउँकी ३४ वर्षीय पुष्पा घले रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये गम्भीर रहेका तीन जनालाई चितवन रेफर गरिएको डीएसपी बस्नेतले जानकारी दिए । यस्तै चालक करण अधिकारी पनि घाइते रहेकाले दुर्घटना सबै कारण खुलिनसकेको उनले बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker