जन्मदिनमा क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति

भञ्ज्याङ समाचारदाता/दमौली

लायन्स क्लव अफ तनहुँका अध्यक्ष राजु दाहालले जन्मदिनमा व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका दाहालले कक्षा १२ मा अध्ययनरत दुइ छात्राका लागि एक वर्षा लागि छात्रवृत्ति प्रदान गरेका हुन् ।

क्याम्पसमा सोमबार एक कार्यक्रमका बीच क्याम्पस छात्रवृत्ति कोषका संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई दाहालले छात्रवृत्ति बापतको रु ३२ हजार हस्तान्तरण गरेका छन् ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिना, पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुसरण गर्नुपर्ने बताए ।

दाहालले गत वर्ष पनि जन्मदिनको अवसर पारेर छात्रवृत्ति स्वरुप रु २७ हजार सहयोग गरेका थिए । फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा यस्तो कार्यले आफूलाई सन्तुष्टि मिल्ने दाहालले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker