मर्निङ वाकमा निस्किएकी युवतीमाथि सामूहिक बलात्कार, एक भारतीयसहित ३ जना पक्राउ

विराटनगर । मर्निङ वाकमा निस्किएकी युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।

मोरङको जहदा गाउँपालिका घर भएकी युवती बाँस घारीमा हात खुट्टा बाँधिएको अवस्थामा हिजो दिउँसो फेला परेकी थिइन् । उनी मङ्गलवार बिहान मर्निङ वाकमा निस्किएकी थिइन् ।

उनको मुखमा समेत पट्टी बाँधिएको थियो । उनलाई मर्निङवाकमा हिँडेका बेला बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

अर्धचेत अवस्थामा बाँस घारीमा फेला परेकी युवतीको बयानका अधारमा उनीहरूलाई पक्राउ गरिएको हो । युवती मोरङका कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी थिइन् । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker