शुक्लागण्डकीको पर्यटन प्रवर्द्धनमा सामूहिक प्रयासको खाँचो

शुक्लागण्डकी नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन हुनुपर्नेमा जोड दिइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशद्वारा शुक्लागण्डकी–२ दगाममा आयोजित ‘शुक्ला गण्डकी नगरपालिकाको पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका’ कार्यक्रमका वक्ताले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सामूहिक प्रयासको खाँचो औल्याए ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव शम्भुराम रेग्मीले पर्यटन प्रवद्र्धनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशका प्रमुख एमवि आस्थाले शुक्लागण्डकी क्षेत्रमा प्रकृति र संस्कृतिको अनुपम गन्तव्य दगाम जस्ता थुप्रै स्थल भएर पनि पर्यटन बजारमा चर्चा हुन नसकेको बताउनुभयो ।

दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराज थापाले धेरै सम्भावना रहेर पनि त्यसको उजागर हुन नसक्दा आफूहरू पछि परेको गुनासो गर्नुभयो । शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले पोखराबाट नजिक रहेर पनि यहाँका पर्यटकीय गन्तव्य पर्यटन बजारमा पुग्न नसकेको बताउनुभयो ।

दगामबाट देखिने दृश्यावलोकन, यहाँका प्राङ्गारिक उत्पादनको स्वादसँगै शुक्लागण्डकी क्षेत्रका ढोरबाराही, यहीँबाट सुरु हुने सहस्राब्दी पदमार्ग आदि प्रवर्द्धनकै अभावमा ओझेलमा परेको बताउनुभयो ।

कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस, महासचिव धनबहादुर गुरुङ, सचिव सुशान्त गाह लगायतले शुक्लागण्डकीका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

यसैबीच महासङ्घले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा पत्रकार क्षमता अभिवृद्धि तालिम पनि सम्पन्न गरेको छ । शुक्लागण्डकी नगरपालिकाको दगाम सामुदायिक होमस्टेमा सम्पन्न कार्यक्रममा अधिवक्ता एवं सञ्चारकर्मी मनोज घर्तीमगरले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव रेग्मीले समाजका सत्यतथ्य कुरा खोतल्दै यसलाई जनमानसमा ल्याउने जिम्मेवारी सञ्चारकर्मी भएको जनाउँदै सधैँ समाजप्रति इमान्दार र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

शुक्लागण्डकी २ का वडाध्यक्ष सुमनबहादुर रानाले दगाम र आसपासको क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको जनाउँदै बाटो, खानेपानीलगायतका समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका इञ्चार्ज आस्थाले पत्रकारिताका माध्यमबाट सम्भावना भएर पनि ओझेलका पर्यटकीय गाउँको प्रवद्र्धन जरुरी रहेको बताउनुभयो । महासङ्घद्वारा बिहीबार र शुक्रबार दुई दिन आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब ४० सञ्चारकर्मीको सहभागिता थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker