१० वर्षीया बालिका बलात्कारको आरोपमा ६३ वर्षीय थापा गिरफ्तार
भञ्ज्याङ न्यूज
१० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका-८ गणपतेका ६३ रामजी बहादुर थापा क्षेत्रीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ।
आरोपितले कात्तिक १६ गते बिहान घर नजिकैको जंगलमा पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडितका अभिभावकले ईलाका प्रहरी कार्यालय बेलचौतारामा कात्तिक १७ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडितको कात्तिक १७ गते दमौली अस्पतालमा स्वास्थ्य परिक्षण गरियो ।










