म्याग्दे गाउँपालिकाको वार्षिक समिक्षा तथा बजेट सार्वजनिक

भञ्ज्याङ समाचारदाता/म्याग्दे

म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को बजेट खर्चको वाषिर्क समिक्षा तथा गाउँ सभाबाट पारित बजेट सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममामा प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले गत आर्थिक वर्षमा पालिकाले ८० प्रतिशत कार्ययोजनाको कार्यान्वयन गरेको वार्षिक प्रगति विवरण र्सार्वजनिक गरेका थिए ।

कार्यक्रममा आर्थिक प्रगति, पशु सेवा शाखाको वार्षिक प्रतिवेदन, कृषि शाखाको प्रगति, प्रतिवेदन, शिक्षा शाखा अन्तर्गतको विवरण, शशर्त विनियोजित बजेट कार्यक्रम, अपाङ्गगताको विवरण, जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, उद्यम विकास कार्यक्रम, पुर्वाधार विकास कार्यक्रम अन्तर्गतका प्रगति विवरणहरुको बारेमा समिक्षा गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष श्रेष्ठले विगतको कामको समिक्षालाई अध्ययन गरी आगामी वर्षको बजेट बनाइएकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । सबैको सहयोग र सल्लाहले समृद्ध म्याग्दे बनाउन सकिने उनको भनाई थियो ।

कार्यक्रममा आर्थिक प्रगती पशु सेवा शाखाको वार्षिक प्रतिवेदन, कृषि शाखाको प्रगती प्रतिवेदन, शिक्षा शाखा अन्तर्गतको विवरण, शशर्त विनियोजित वजेट कार्यक्रम, अपाङ्गगताको विवरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, उद्यम विकास कार्यक्रम, पुर्वाधार विकास कार्यक्रम अन्तर्गतका प्रगति विवरणहरुको वारेमा समिक्षा गरिएको थियो । जसअन्तर्गत वडा निर्माण भवन, प्रशाशकीय भवन, गाँउपालिकाको सभाहल, थर्पु स्वास्थ्य चौकीलाई १० शैयाको आधारभुत अस्पताल, ल्याण्डफिल साइडमा भएको प्रगति विवरणको समिक्षा गरिएको थियो ।
यस्तै, गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिकीकरण गरेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उपाध्यक्ष वालकृष्ण घिमिरेले प्रस्तुत गरेको बजेट सर्ावजनिक गरेका छन् । गाउँपालिकाको बजेटमा आर्थिक विकास समितिको पुँजीगत, चालु खर्च, समाजिक विकास समिति तर्फको खर्च पूर्वाधार विकास समिति तर्फ, वातावरण विकास समिति तर्फ, सार्वजनिक सेवा तथा क्षमता विकास समिति तर्फ विनियोजन गरिएको बजेट सार्वजनिक गरिएको थियो ।

सार्वजनिक बजेटमा आर्थिक वर्ष २०७९/०८० का लागि गण्डकी प्रदेशबाट स्वीकृत भएका योजनाहरु समेत समावेश गरिएका छन् । जसअनुसार अर्चले माझीलाङ खानेपानी योजना विशेष अनुदान मार्फत ५० लाख, धयेरे किल्चोक मोटर मार्ग समपुरक योजनाका लागि ५० लाख, वेलडाँडा हिरतपार्क निर्माणका लागि ५ लाख, मालिङ्गे पहिरो नियन्त्रणका लागि ५ लाख, पसले फौजदार मार्ग स्तरोन्नतीका लागि २० लाख, जनजागृति मोटर मार्ग निर्माणका लागि २५ लाख, जनजागृत्ति मोटर मार्ग कालोपत्रेका लागि २० लाख, पसले स्वास्थ्यचौकी हुदै कोईरालाथोक मोटर मार्गका लागि १० लाख, छाङ्ग थर्पु मोगर मार्ग स्तरोन्नतीका लागि २० लाख, कृषि जनएकता मार्ग पयरेका लागि १० लाख, सियाले पयेर खोलामा कलभर्ट निर्माणका लागि १५ लाख, वेलसोती मार्गको म्याग्देखोला मोटरवेल पुलका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरि प्रदेश सरकार अन्तर्गत नै ठुलाखेत सिंचाइ योजनामा १० लाख, विचारे तिलाहारफाँट सिचाई योजनामा ८ लाख, चामेवगर सिंचाई योजनामा १० लाख, आरोही एकीकृत कृषि तथा पशु र्फम म्याग्दे ७ का लागि १० लाख, कुनिचौर फौजदार गाउँ खानेपानी योजनाका लागि ६ लाख, जामुने झ्यालगौडा लिफटिङ्ग खानेपानी योजनाका लागि ६ लाख, उदाउने खानेपानी आयोजनाका लागि ६ लाख, दिर्वु ठुलोचौर खानेपानी योजनाका लागि १० लाख, उमाचोक खानेपानी आयोजनका लागि १० लाख, वरचौर खानेपानी योजनका लागि १० लाख, म्याग्दे खानेपानी आयोजनाका लागि १० लाख, भालुखोल्सा खानेपानी योजनाका लागि ६ लाख, पधेरीखोला खानेपानी योजना निर्मलवस्तीका लागि १० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले कामीटारी डिप वोरिङ्ग खानेपानीका लागि १० लाख, जौपानी खानेपानी योजनाका लागि १० लाख, तिर्खेखोला हात्तिखोर खानेपानीका लागि १० लाख, किल्चोक खानेपानीका लागि १० लाख, कालिका मन्दिर जाने पदमार्ग निर्माणका लागि ५ लाख, उमाचोक सामुदायिक भवन संरक्षण पहिरो नियान्त्रण तथा व्यवस्थापन म्याग्दे २ का लागि ६ लाख विनियोजन गरेको छ । बजेट र्सार्वजनिक कार्यक्रममा गाउँ कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker