पहिरोले बुद्धसिंह मार्ग अवरुद्ध

तनहुँको बन्दिपुर गाउँपालिका-६ आँपखोलामा पहिरो खस्दा अवरुद्ध बुद्धसिंह मार्ग । दमौलीबाट चितवनको घुमाउने जोड्ने यो मार्ग पहिरोका कारण विगत पाँच दिनदेखि अवरुद्ध हुँदा यस क्षेत्रका सार्वसाधारण सास्ती झेल्दै आएका छन् ।

गण्डकी प्रदेशको गौरबको आयोजनाको रुपमा लिइएको यो मार्गमा ठुल्ठुला ढुङ्गाहरु पहिरोसंगै खसेपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको छ भने मानिस समेत पैदल हिड्न नसक्ने अवस्था भएको छ ।

यो मार्ग हुँदै बन्दिपुर, देवघाट र आवुँखैरेनी गाउँपालिका केही वडाका हजारौं नागरिकहरु दैनिक आवत जावत गर्ने गर्छन् । पहिरोको कारण उनीहरुको यातयात सम्बन्ध पूर्णरुपमा टुटेको छ । तस्विर ः भञ्ज्याङ










