बन्दिपुरको टुडिखेलको रेलिङ भत्किएर खस्दा एक किशोरको मृत्यु
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर स्थित टुडीखेलबाट खसेर बुधबार एक किशोरको ज्यान गएको छ । बन्दिपुर-२ हल्थुमका बस्ने टेक बहादुर गुरुङ्गका १७ वर्षीय छोरा कृजन गुरुङ्गको बुधबार साँझ टुडिखेलबाट खस्दा ज्यान गएको हो।
टुडिखेलको छेउमा लगाइएको रेलिङ्ग भत्किदा उनी करिब तीन सय मिटर तल भिरमा खसेका थिए । उनको उद्धार गरी बन्दिपुर अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
मृतक किशोर बन्दिपुरको भानु माध्यमिक बिद्यालयको कक्षा ९ मा पढ्ने बताइएको छ । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय बन्दिपुरले जनाएको छ ।










