पत्रकार गुरुङलाई पितृशोक
भञ्ज्याङ समाचारदाता/दमौली

प्रेस चौतारी नेपाल, गण्डकी प्रदेश समितिका महासचिव एवं लमजुङका कान्तिपुरकर्मी आश गुरुङलाई पितृशोक परेको छ । उनका ७७ वर्षीय बुबा मंगले गुरुङको उपचारका क्रममा शनिबार राति काठमाडौंमा मृत्यु भएको हो ।
बायाँ खुट्टामा एक्कासि समस्या देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको थियो । बायाँ खुट्टा नचलेपछि असार २७ मा शल्यक्रिया गरिएको थियो । तर पछि मुटु, मिर्गौला र फोक्सोमा पनि समस्या देखिएपछि शिक्षण अस्पतालमै आईसियु र भेन्टिलेटरमा राखेर उपचार गरिरहेका बेला शनिबार उनको मृत्यु भएको हो ।
लमजुङको क्व्होलासोथर-४ भुजुङका गुरुङको शव राति नै लमजुङ सदरमुकाम बेंसीसहर ल्याइएको र आइतबार गुरुङ संस्कार अनुसार अन्त्येष्टि गरिने परिवारले बताएको छ । गुरुङका श्रीमती र एक छोरा छन् ।










