मोटरसाइकल दुर्घाटनामा चालकको मृत्यु, १ घाइते

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ गल्बुवेसीमा आइतबार साँझ ६ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गल्बुवेसीबाट भादगाउँतर्फजाँदै गरेको को१झ ४० नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग२१प ३९३६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुइ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए। घाइतेमध्ये १८ वर्षीय मोटरसाइकल चालक रोशन गुरुङको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

उनका अनुसार अर्का घाइतेको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker