तनहुँको शुक्लागण्डकी नगरपािलका ५ नम्बर वडामा एकैपटक ११ वटा कार्यक्रम शुभारम्भ

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा नं. ५ ले विभिन्न सीपमुलक सम्बन्धी ११ वटा कार्यक्रमको शुभारम्भ गरेको छ । सामाजिक विकास र आर्थिक विकास मातहातबाट सञ्चालित हुने विभिन्न ११ वटा कार्यक्रमको एक कार्यक्रमका बीच नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु)ले मंगलबार शुभारम्भ गरेका हुन् ।
नगरपालिकाको सामाजिक विकास र आर्थिक विकास शाखाबाट सीप सिकाउने उद्देश्यले मादल, पञ्चेबाजा बजाउने तालिम, कृषि तालिम तथा उन्नत जातको विउ वितरण, महिला लक्षित क्षमता विकास तालिम, ब्युटीपार्लर, लक्षित वर्गका लागि क्षमता विकास, संघसंसथाका पदाधिकारीलाई तालिमको शुभारम्भ गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए ।
वडाध्यक्ष थापाका अनुसार जनजाती लक्षित कार्यक्रम अन्तर्गत संस्कृति संरक्षण र प्रबद्र्धन, बालबालिकालाई शैक्षिक सामग्री वितरण, बाख्रा पालन तथा खोर सुधार, टोल विकास संस्थाका पदाधिकारीलाई तालिमको सुरुवात गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै उपप्रमुख खुमबहादुर विक (राजु)ले अब सीप सिकेर व्यवहारमा उतार्न आवश्यक रहेको बताए । उनले भने, ‘महिला र दलित समुदाय पछाडि परेकाले सहभागिता सुनिश्चित गर्नलाई क्षमता विकास गर्नुपर्छ ।’
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले विकासको अन्तिम साध्य मानव विकास भएकाले त्यसतर्फ लक्षित हुन आवश्यक रहेको बताउँदै सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।
कार्यक्रममा लेखा शाखा प्रमुख कोपिला पौडेल भट्टराईले जनताले तिरेको एक÷एक रुपैयाँ करबाट कार्यक्रम सञ्चालन हुने भएकाले पादरदर्शीता र मितव्ययिता देखाउनुपर्नेमा जोड दिए ।
आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले सिकाइलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरे ।
वडाध्यक्ष दीर्घबहादुर थापाले फरक सोंचका साथ कार्यक्रम सञ्चालन गरेको बताए । ‘जनताको मागको आधारमा कार्यक्रम छनोट गरेका छौं’,उनले भने । जातका आधारमा रहेको पुरानो चलनलाई क्षमता र रुचीको आधारमा सबै समुदायलाई सीप सिकाउने उनको भनाइ थियो ।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख युवराज पौडेल, वडा सदस्य धनेश्वर श्रेष्ठ, ज्योति विक, नेकपा माओवादी केन्द्र शुक्लागण्की–५ वडा समितिका अध्यक्ष नारायण पोखरेल, थर्पुटार टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर सारु लगायतले बोल्दै अब भौतिकसँगै मानवीय र आर्थिक विकासको आवश्यकता रहेकोमा जोड दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker