देवघाट गाउँपालिका-१ को कोटामा कृषि उपज संकलन केन्द्र सञ्चालनमा

  • भञ्ज्याङ समाचारदाता (देवघाट)

तनहुँको देवघाट गाउँपालिका-१ को कोटामा कृषि उपज संकलन केन्द्र एवं हाटबजार सञ्चालनमा ल्याइएको छ । वडा नम्बर १ कोटा स्थित हाटबजारको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले ‘हाम्रो देवघाट, समृद्ध देवघाट’ भन्ने मुल नारालाई आत्मासाथ गर्दै देवघाट गाउँपालिकाले एक वडा एक कृषि संकलन केन्द्र र एक वडा एक नमुना गाउँको निर्माण गर्ने लक्ष्य लिएको बताए ।

अध्यक्ष थापाले देवघाट गाउँपालिका-१ कोटामा कृषकहरु धेरै रहेको हुनाले मौसम अनुसारको कृषि उत्पादन पनि बढी हुने हुँदा कृषि उपज संकलन केन्द्र एवं हाटबजारको अति आवश्यक रहेको बताए ।

कार्यक्रमका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, खसी बोका बाख्रा प्रदर्शनी, वडा भित्रका विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता, नित्य प्रतियोगिता र बाल विकास केन्द्रका बालबालिकाहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएका थिए ।

कृषि उपज संकलन केन्द्र एवं हाटबजार व्यवस्थापन समितिका अध्यक्ष समीर गुरूङको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष भिम वहादुर गुरूङ, कार्यपालिका सदस्य चन्द्रप्रकाश बि.क., वडा सदस्य सुन्दर भुजेल, देवघाट गाउँपालिकाका पशु तथा कृषि शाखा प्रमुख पूर्णचन्द्र अधिकारी, शिक्षा शाखाका सुभद्रा भट्टराइ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker