विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामाग्री वितरण

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको भानु नगरपालिका-५ स्थित सरस्वति सदन माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरिएको छ । विद्यालयको पुर्वविद्यार्थी मन्चको संयोजनमा दमौली व्हिलार्स एण्ड बाइकर्स पोइन्टले न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरेको हो । विद्यालयका ५० जना विद्यार्थीलाई ५० थान निलो सुइटर र खेलकुद समाग्रो सहयोग गरेको दमौली व्हिलार्सका प्रोप्राइटर मिरन नेपालीले बताए । खेलकुद सामाग्री अन्तर्गत भलिबल २ थान, फुटबल १ थान, भलिबल नेट १ थान, ब्याटमिन्टन २ थान, कक सेट १ थान, बल पम्प १ थान, डोली ३ थान, चेस ३ थान र रिङ ३ थान रहेका छन् ।
पुर्व विद्यार्थी मन्चका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार शाही रहेका थिए । न्यायो कपडा र खेलकुद सामाग्रीले विद्यार्थीलाई पठनपाठन तथा खेलकुदमा सहयोग पुग्ने समितिका अध्यक्ष शाहीले बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले सहयोगी हात प्रति धन्यवाद ज्ञापन गरेका थिए। यस्तै, शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने पुर्व विद्यार्थी मन्चका अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘सानो सहयोगले विद्यार्थीहरुलाई जाडोमा विद्यालय आई थप पठनपाठनमा सहयोग पुर्याउने छ ।’










