चार बुँदे सहमतिपछि रत्नहरि अस्पतालको ताला खुल्यो

भञ्ज्याङ न्यूज

डेंगु संक्रमण भई अस्पताल भर्ना भएका व्यास नगरपालिका-१० निवासी ३५ वर्षीय कमलप्रसाद शर्माको मृत्यु अस्पतालको लापरवाहीका कारण भएको भन्दै पीडित पक्षले लगाएको ताला खोलिएको छ ।

पीडित पक्षले आइतबार अस्पतालमा तालाबन्दी गरेका थिए । तनहुँको व्यास-४ मुख्यचोकस्थित रत्नहरि अस्पतालमा लगाइएको ताला चार बुँदे सहमति गरी खोलिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा सोमबार बसेको पीडित र अस्पताल सञ्चालकबीचको बैठकले ताला खोल्ने सहमति गरेका थिए ।

गम्भीर प्रकृतिको बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर नगरी अस्पतालमै विभिन्न बहानामा राखिएको पीडित परिवारको आरोप लगाएका छन् ।

अस्पतालमा शर्माको मृत्यु भएको घटनामा उपचारको क्रममा भएको कमी कमजोरी पत्ता लगाई दोषीलाई कारवाही सिफारिस गर्न मेडिकल काउन्सिललाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

व्यास नगरपालिकाभित्र रहेका सबै अस्पतालहरु नेपाल सरकारले तय गरेका मापदण्ड अनुसार चलेका छन् की छैनन् भन्ने विषयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले सहकार्य गरी असार १९ गतेदेखि नै अनुगमन गर्ने र असार २१ भित्र यथार्थ विवरण सार्वजनिक गर्ने सहमति गरिएको छ ।

असार १६ गते रत्नहरि अस्पतालमा कमल शर्माको उपचार र पोखरा पठाइएकामा एवं मृत्यु भएको सन्दर्भमा सत्यतथ्य के भएको हो ? तत्काल सार्वजनिक गर्न उक्त अस्पताललाई निर्देशन दिने सहमति भएको छ।

यस्तै, व्यास नगरपालिकाले नगरभित्र सञ्चालित अस्पतालको अनुगमन गर्ने भएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर शर्माको रत्नहरी अस्पतालको लापरवाहीका कारण मृत्यु भएपछि नगरपालिकाले नगर क्षेत्रभित्रका अस्पतालले दिने सेवा र प्रयोगशालाको अनुगमन गर्ने भएको हो ।

नगरपालिकाले अस्पतालको सेवाका बारेमा पटक-पटक गुनासो आएकाले नवीकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको सम्बन्धमा पाँच दिनभित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारका लागि सम्बन्धित अस्पताललाई निर्देशन दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताएका छन् । निर्देशन पालना नगरेमा कानून बमोजिम कारवाही गरिने उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker