पार्टीबाट अलग र स्वतन्त्र रहेकालाई फर्किन कांग्रेस तनहुँको आव्हान

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँले विभिन्न कारणले पार्टीबाट अलग भएका, स्वतन्त्र भूमिका रहेकालाई मूलघरमा फर्किन आग्रह गरेको छ । कांग्रेस तनहुँले आइतबार एक विज्ञप्ती जारी गरी स्थानीय तहको निर्वाचनपछि पार्टीबाट अलग्गिएका, स्वतन्त्र भूमिकामा रहेका कार्यकर्तालाई बिना शर्त नेपाली कांग्रेसको मूलधारमा फर्किन आव्हान गरेको हो ।

अलग्गिएका कार्यकर्ताको सम्मान र मूल्याङ्कनमा आगामी दिनम कुनै विभेद नहुने विज्ञप्तिमा भनिएको छ । कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जारी गरेको विज्ञप्तिमा कांग्रेस तनहुँको भदौ ९ गते सम्पन्न पूर्ण बैठकले धेरै लामो समय लगाई नेतृत्व तहमा रहेका साथीहरु समेत पार्टीको मूलधारमा भन्दा बाहिर रहनहुन्न भन्ने मान्यता रहेको उल्लेख गरिएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीका जिम्मेवार निकायबाट न्यायपूर्ण निर्णय गर्न प्रयत्न गर्दागर्दै केही साथीहरु पार्टीबाट राजिनामा दिई वा पार्टीका उम्मेदवार विरुद्ध संगठित अभियानमा लागी विचलित भएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट प्राप्त अवसरहरु लिएका र अवसर प्राप्तिका नजिक रहेका साथीहरु पार्टीको उम्मेदवार विरुद्धको तत्कालको आक्रोशमा लाग्नुभएको कारण पार्टीलाई क्षति पुगेको छ ।’

नेपाली कांग्रेसको वैचारिक धरातल र नेपाली राजनीतिको विभिन्न चरणमा भएका आन्दोलनहरुमा निर्णायक भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमिबाट नेपाली कांग्रेसको सदस्य हुनुमा गौरव गर्ने र शिर उचा राख्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा इतिहासको कालखण्डमा भएका व्यक्तिगत त्रुटिहरुले नेपाली कांग्रेस पार्टीको सिद्धान्त, आदर्श र मान्यता कमजोर नभई व्यक्तिहरु नै किनारामा परेको इतिहास साक्षी छ, कांग्रेसको इतिहासमा तनहुँले महत्वपूर्ण भूमिका र नेतृत्व गर्दै आएको पनि स्मरण गराउँछौ भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker