गण्डकीको गौरवको आयोजना मानपुर-डेडगाउँ सडक कालोपत्र

गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर-डेडगाउँ-बुलिङटार जोड्ने सडकखण्डको आठ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिएको हो । बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले बताइन् ।

नवलपुरको त्रिवेणीबाट मुस्ताङको कोरोला जोड्ने छोटो दूरीको सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । “पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्र गरी दोस्रो चरणको काम अघि बढाइएको छ”, इञ्जिनियर मिश्रले भनिन्, “बाँकी सडक छिट्टै कालोपत्र गर्ने योजनाअनुरुप काम भइरहेको छ।”

उक्त खण्ड स्तरोन्नतिका लागि २०७७ मंसिरदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन भएपछि निर्माण कार्य अघि बढाइएको हो । रु ३५ करोड १४ लाखको लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाखमा सडक कालोपत्रको ठेक्का पाएको थियो।

कोरोनाको महामारीका कारण निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । उनका अनुसार सडकको चौडाइ सात मिटर रहेको छ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker