डुम्रे सांस्कृतिक युवा परिवारमा नयाँ कार्यसमिति चयन

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दिपुर-१ को डुम्रे सांस्कृतिक यूवा परिवारमा नयाँ कार्यसमिति चयन गरिएको छ । परिवारको २६औं साधारणसभा तथा १३औं अधिवेशनबाट कैलाश श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनले परिवारको उपाध्यक्षमा विक्की गुरुङ, सचिव शम्भु श्रेष्ठ, सहसचिव इश्वर नेपाल, कोषाध्यक्ष बाबुल गुरुङ र सदस्यहरुमा राजकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, शिशिर श्रेष्ठ, रोमन श्रेष्ठ तथा निवर्तमान अध्यक्ष दिनेश प्रधान र पूर्व अध्यक्षहरुलाई सल्लाहाकारमा चयन गरिएको छ ।

अध्यक्ष दिनेश प्रधानको अध्यक्षतामा आयोजित साधारणसभा उद्घाटन समारोहमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, परिवारका भूपू अध्यक्ष राजेन्द्र पिया, सुबोध अधिकारी, सुनील श्रेष्ठ, विकास श्रेष्ठ, विशाल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, खहरे बिरुवा डुम्रे टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker