टिप्परको ठक्करबाट तनहुँमा १ जना महिलाको मृत्यु, २ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरस्थितमा टिप्परको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग१क ५८९६ नं. को खाली टिप्परले विपरित दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नं. को कार र ग १८ प ७७५२ नं. को स्कुटरलाई ठक्कर दिएको तनहुँ प्रहरीले जनाएको छ ।
उक्त ठक्करबाट पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्री गम्भीर घाइते भई जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र वेलचौतारमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, उक्त स्कुटर चालक २१ वर्षीय दिपेश कुमार क्षेत्री सामान्य घाइते भएका छन् । मृतक र स्कुटर चालकका आमा छोरा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी गराए ।
उक्त दुघर्टनामा परेका कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दाहिने हातमा सामान्य चोट लागेको र उनलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न टिप्पर चालक धादिङ निलकण्ठ–२ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान अगाडि बढाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker