दूधमा प्लाष्टिक भेटिएको सत्य होइन : खाद्य डिभिजन दमौली

दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाबाट विक्री गरिएको दूधमा प्लाष्टिक भेटिएको भन्ने सत्य नरहेको जनाएको छ ।
केही दिन अघि दूध तताउँदा प्लाष्टिक भेटियो भन्ने गुनासो जिल्ला प्रशासन कार्यालय तनहुँमा आएकामा खाद्य कार्यालयले गरेको अनुगमनका क्रममा प्लाष्टिक नभएको भेटिएको हो । कार्यालयले गुनासोकर्तालाई त्यसबारेमा जानकारी गराइसकेको प्रमुख ज्योति आचार्यले जानकारी दिए ।
खासमा त्यो के हो त ? आचार्य भन्छन्, “गर्मी मौसममा दूधलाई चिस्यानमा नराखी खुला वातावरणमा राखेमा, विगौती दूधलाई व्यवसायिक दूधमा मिसाएमा वा चिसोमै पनि लामो समय सम्म काँचो दूध राख्दा दूधमा ब्याक्टेरीया सूक्ष्मजीवको संक्रमण भएर, दूध त्यसरी फाट्न सक्छ। त्यस्तो दूधलाई खान भने मिल्दैन, तर प्लाष्टिक नै हालेको भनेर भ्रमित चाहीँ हुनुहुँदैन ।”
बिक्रीकर्ता वा संकलनकर्ताले दूधलाई दुहेपछी चाँडो भन्दा चाँडो चिस्यान केन्द्र ल्याएर ५ डिग्री भन्दा कम तापमानमा ल्याउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker