एमाले तनहुँले भदौ १८ गते प्रदेशसभा र १९ गते प्रतिनिधिसभा उम्मेदवार सिफारिस गर्ने

भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधि सभा र प्रदे सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने कार्य अगाडि बढाएको छ ।

एमाले तनहुँले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भदौ १८ र १९ गते उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ ।

पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सचिवालय वैठकले उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य सिफारिसका लागि प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठक वसी भदौ १८ गते प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।

यसरी नाम सिफारिश गर्दा प्रत्यक्षतर्फ कम्तीमा १ जना महिला सहित ३ जनाको नाम र्सवसम्मत सिफारिस गर्नुपर्नेछ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक बसी प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तर्फा उम्मेदवारहरुको नाम भदौ १९ गते सिफारिस गर्ने तयारी गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

यसरी नाम सिफारिस गर्दा प्रत्यक्षतर्फ १ महिला सहित ३ जनाको नाम सर्वसम्मत सिफारिस गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

क्षेत्रीय समन्वय कमिटीबाट आएको नामलाई भदौ २० गते जिल्ला कमिटीको बैठक बसी प्रदेशमा सिफारिस गरिने एमालेले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker