आदिवासी जनजाति महासंघ अध्यक्ष घर्ती सहित १३ जनामा संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ११९५ पुग्यो

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा दैनिक कोरोना संक्रमितको संख्या थपिदै गएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार सार्वजनिक गरेको विवरणमा तनहुँका १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सार्वजनिक विवरण अनुसार व्यास नगरपालिकाका १० जना, घिरिङ गाउँपालिकाका २ जना र भिमाद नगरपालिकाका १ जना रहेका छन्। यस्तै, नेपाल आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जालमा स्टाटस् राख्दै आफुमा संक्रमण पुष्टि भएको र कन्ट्याक्ट ट्रेसिङमा आएकालाई सजग रहन आग्रह गरेकी छन्। उनले अफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै स्वास्थ्यलाभको कामना गर्नेप्रति आभार पनि प्रकट गरेकी छन् ।

त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय तनहुँले विहीबार र्सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार १९५ पुगेको उल्लेख गरेको छ । संक्रमित मध्ये ८०९ जना निको भएर घर फर्किएका छन् भने ३६९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वस्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन्।

सक्रिय संक्रमित मध्ये २४ जना संस्थागत आइसोलेशनमा बस्दै आएका छन् भने अन्य होम आइसोलेसनमा बसेका प्रमुख अधिकारीले बताए । यस्तै जिल्लामा कोरोना संक्रमणबाट ६ महिला र ११ पुरुष गरी १७ जनाले ज्यान गुमाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker