नयाँ शैक्षिक सत्रको भर्ना अभियान

तनहुँको आँवुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्रको ग्रामीण क्षेत्रमा विद्यालय भर्ना अभियान सञ्चालन गर्दै । विद्यालयले विद्यालय उमेर समूहका बाबुनानीहरू शिक्षाको अवसरबाट कुनै पनि कारणले वञ्चित नहोस् भन्ने उद्देश्यका साथ गाउँ–ठाउँ, टोल–बस्ती र घरदैलो अभियानमार्फत विद्यार्थी खोज्न थालेको छ । यस अभियान अन्तर्गत वडा नं. ५ को रसायली गाउँमा शनिबार घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । ‘प्रजा’ भनेर चिनाउन रुचाउने यो समुदायका हरेक अभिभावक, नागरिक र सरोकारवालाको सकारात्मक सुझाव र सक्रिय पहलकदमीले यस समाजलाई शिक्षित, सचेत र सभ्य बनाउन महत्वपूर्ण भूमिका खुल्लनुपर्छ भन्ने लक्ष्यका साथ भर्ना अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान सिंह गुरुङले जानकारी गराए । तस्विर : भञ्ज्याङ










