तनहुँमा नेकपा एसको अनेरास्ववियु गठन
भञ्ज्याङ न्यूज

नेकपा एकिकृत समाजवादी पार्टी निकट विद्यार्थीहरुको भेलाले तनहुँमा शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) गठन गरेको छ । दमौलीमा सम्पन्न भेलाले सुसन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा राहुल नेपाली, सचिव समिता बिक, उपसचिव आदर्श श्रेष्ठ र कोषाध्यक्षमा सुनिता थापा चयन भएका छन् ।
उक्त भेलालाई सम्बोधन गर्दै नेकपा एस तनहुँका अध्यक्ष श्रीराम कार्कीले विद्यार्थीहरुलाई निरंकुशता र प्रतिगमन विरुद्धको एकजुट हुन आग्रह गरे । उनले देशको विरुद्ध सरकार सञ्चालकले उठाएको कदमा जागरुक भएर लाग्नुपर्नेमा जोड दिए ।
किरण नेपालीको अध्यक्षतमा आयोजित भेलामा नेकपा एस तनहुँकी उपाध्यक्ष मनुमाया श्रेष्ठ, सचिव दुर्गाकुमार श्रेष्ठ, उपसचिव गजिन्द्र पन्थ, सचिवालय सदस्य रनसिंह नेपाली लगायतले पार्टीको आधारस्तम्भ विद्यार्थीहरु भएको बताए।










