कोशी प्रदेश : नियुक्ति बदर भएको एक साता नपुग्दै पुनः उद्धव थापा बने मुख्यमन्त्री

विराटनगर । सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्री पुन नियुक्त भएका छन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।

सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएको छ । कोशीमा बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ । माओवादीबाट गौतम सभामुख पदमा रहुन्जेल सत्तागठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा गराइएको हो ।

उनले अन्तिम समय सम पनि राजीनामा दिन मानेका थिएनन् । कोशी प्रदेशमा गठबन्धनमा रहेका दलहरू कांग्रेसका २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य रहेका छन् ।

सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) अन्तरगत मुख्यमन्त्रीमा प्रदेश प्रमुखले नियुक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker