व्यासका मेयर न्यौपानेले खाए शपथ, पदस्थापना गर्दै भने ‘पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउँछौं’

भञ्ज्याङ न्यूज

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँको व्यास नगरपालिकाको मेयर पदमा निर्वाचित बैकुण्ठ न्यौपानले शपथ खाएका छन् । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानासंग बुधबार शपथग्रहण गरेसंगै उनले नगरपालिकामा पदस्थापन समेत गरेका छन् ।

दोस्रो कार्यकालका लागि मेयर पदमा निर्वाचित न्यौपानेले पदस्थापना गर्दै एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूर्ण योजना पूरा गराउने तथा पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने प्रतिवद्धता समेत जनाएका छन् ।

मेयर न्यौपानेले समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडी बढाइने बताएका छन् । व्यास नगरपालिकालाई दलितमैत्री नगरपालिका बनाइने उद्घोष गर्दै उनले संविधान र कानूनको पालना गरेर काम गर्ने, नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फलागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत ढुंगानाले स्थानीय तहमा पारदर्शीता, जवाफदेहीता जनप्रतिनिधिको पहिलो प्राथमिकता हुनुपर्ने बताए । सबै नागरिकप्रति अपनत्व जगाउन सफल हुनुपर्ने बताउँदै ढुंगानाले सबैको साझा प्रतिनिधि बनेर काम गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले प्रमाणपत्र वितरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker