अछाम पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

भञ्ज्याङ न्यूज

अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुइ जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाक उद्धार गरिएको छ । बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker