म्याग्देमा सुत्केरीसंग अध्यक्ष कार्यक्रम : २१ जनालाई पोषण भत्ता वितरण

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत २१ जनालाई पोषण भत्ता वितरण गरेको छ । थर्पु स्वास्थ्य चौकीको समन्वय र पालिकाको आयोजनामा गाउँपालिका भित्रका स्वाथ्य चौकीमा सुत्केरी भएको महिलालाई अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पोषण भत्ता वितरण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक भएको बताउँदै स्वस्थ्य वच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक रहेको हुँदा गाउँपालिकाले यो कार्यक्रम अगाडि ल्याएको चर्चा गरे ।

र्’गर्भवती चरणदेखि नै आमा कमजोर हुन्छ । यो समयमा महिलालाई पोषिलो खानाको आवश्यक हुन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘आमालाई स्वास्थ्य रहन बच्चा जन्मनुभन्दा पहिलादेखि नै नियमित रुपले पालिकाले सकेको स्वास्थ्य उपचार दिएको र बच्चा जन्मिसकेपछि धेरै पोषिलो खाना खुवाउनुपर्ने हुँदा गाउपालिकाले सकेको आर्थिक सहयोग गरेका छौ । जसले गर्दा थोरै भएपनि आर्थिक विपन्नता भएकाका लागि राहत पुगेको छ ।’

गाउँपालिकाले प्रति सुत्केरी ५ हजार, नेपाल सरकारले गर्भवती उत्प्रेरणा कार्यक्रम अन्तर्गत ८०० र यातायात खर्च दिने गरेको छ । जनतासंगको सहकार्य हाम्रो पहिलो आधार हो, त्यही अनुरुप हामीले सुत्केरीसंग अध्यक्ष कार्यक्रम ल्याएका गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

यस्तै, गाउँपालिकाले गर्भवती हुनका लागि घरबाट स्वास्थ्य चौकीसम्मको एम्वुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरासम्मको एम्वुलेन्स सेवा पनि निःशुल्क दिदै आएको थर्पु स्वास्थ्य चौकीका सिनियर अहेव सुर्य श्रेष्ठले जानकारी गराए ।

चालु आर्थिक वर्षो हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका २१ जना महिलाहरुलाई पोषण र यातायात खर्च प्रदान गरिएको अहेवा श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker