जंगलमा बाँदर भुलाउन फलफूल खेती

भञ्ज्याङ समाचारदाता/देवघाट

देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामुदायिक वनले जंगलमा फलफूलका बिरुवा रोप्न थालेको हो ।

जंगलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जंगलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले बताए । “मैले बाँदर रोक्न केही विकल्प देखेको छैन, कि त तारबार लगाएर निश्चित ठाउँमा राख्नुपर्‍यो होइन भने सबै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्नुपर्छ”, उनले भने, “हामीले त फलफूलका बिरुवा रोप्न सुरु गरेका छौँ ।” १० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको उनले बताए । यसलाई विस्तार गर्दै लैजाने योजना रहेको गुरुङले बताए ।

देवघाट क्षेत्रमा कमलादेवि सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवि सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन् । यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ । यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ ।

एक दशकदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ । बाँदरको त्रास बढ्दै गएकाले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन् । बढीमात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेका छन् । यहाँका घरमा लगाइएका जस्तापाता पनि बाँदर उफ्रेर एक वर्षमै पानी चुहिने बनाइदिन्छन् । यहाँका केही बाँदरलाई दुइ वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो । त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजनासमेत बनेको थियो । तर, सफल भएको थिएन ।

“गाउँपालिकाबाट दुइ वर्षअघि आहार खानपिनका लागि बाँदर पार्क बनाउने निर्णय भएको थियो । त्यसले पनि भएन । बाहिर लगेर व्यवस्थित गर्नुपर्‍यो भनेर केही बाँदर लगियो । त्यो पनि भएन । अध्यक्ष गुरुङले भने, “बाँदर नियन्त्रणको काम केन्द्रबाट नै पहल गर्नुपर्छ ।”

देवघाटका किसानलाई बाँदरबाट खेती जोगाउनसमेत मुस्किल छ । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्‍यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, देवघाट-५ देउपुरकी कल्पना थापामगरले भनिन्, “आधा बाँदरलाई आधा आफूलाई हो ।” उनले बाँदरको समस्या दीर्घकालीनरुपमा समाधान गर्नका लागि सरकारले विशेष योजना ल्याउनर्ुपर्ने बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker