फोनिज तनहुँको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

दुलेगौंडा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत चयन भएको छ । सोमबार दुलेगौंडामा सम्पन्न फोनिज तनहुँ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।
यस्तै, फोनिज तनहुँको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिव सुबिना थापा मगर, कोषाध्यक्ष नुक्त भुजेल, सहसचिव करिश्मा गुरुङ, सदस्यहरुमा भूमिका आले, मिलन तामाङ, रिमा गुरुङ र राम बहादुर धामि चयन भएका छन् ।
फोनिजको केन्द्रीय प्रतिनिधिमा प्रताप राना, किरण श्रेष्ठ र सन्तोषी श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सुनिता थापा, सुमन श्रेष्ठ र खड्क बहादुर आले चयन भएका छन् ।
फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा फोनिजका केन्द्रीय सदस्य मिला दरै प्रमुख अतिथि रहेकी थिइन् ।
त्यस्तै कार्यक्रममा फोनिज तनहुँका पूर्वअध्यक्ष प्रताप रानाको पनि उपस्थिति रहेको थियो ।










