एमालेको समानुपातिक पद्धतितर्फो उम्मेदवारको बन्दसूची तयार, कुनै पनि पदाधिकारी सूचीमा परेनन्

बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची तयार पारेको छ । जसमा पार्टीका १९ पदाधिकारीमध्ये कसैको पनि नाम समेटिएको छैन ।

१९ पदाधिकारी मध्ये १५ जना प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । बाँकी चारजना पार्टीले बनाएको समानुपातिक उम्मेदवार छनोटको मापदण्डका कारण बन्दसूचीमा नपरेका हुन् ।

उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल यसअघि नै समानुपातिक पद्धतिबाट सांसद भइसकेका हुन्। उपाध्यक्ष रामबहादुर थापा वादल गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपातिक सूचीमा नपरेका हुन् ।

एमालेले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेको र यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई समानुपातिकमा नदोहोर्याउने मापदण्ड तयार पारेको थियो । मापदण्डअनुसार यसअघि समानुपातिक सांसद भएका कोही पनि उम्मेदवारको बन्दसूचीमा दोहोरिएका छैनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker