पौडेल र देउवाले हसिया हथौड़ा बोक्दा मैले स्वतन्त्र लडन के फरक भयो ? : कांग्रेस नेता जोशी

नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्द राज जोशीले कांग्रेस बि पिको चिन्तनबाट पछि हट्दै गएको बताएका छन् । शनिबार बि पि बिचार समाज तनहुँ काठमाडौं सम्पर्क समिति द्वारा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले तनहुँ प्रजातान्त्रिक आन्दोलनमा २००७ साल देखि अहिले सम्म महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।

जोशीले तनहुँ जिल्ला २२- २५ नम्बर रास्ट्रको प्रमुखताको बजेटमा उपेक्षित हुँदै किन गयो भन्दै प्रश्न समेत गरेका छन् ।‘तनहुँ देखिने गरि खास कार्यक्रम देखिएन, राम्रो अस्पताल छैन्, छिमेकी जिल्लालाई सुबिधा दिन सक्ने अस्पताल छैन,राष्ट्रिय राजनीतिमा तनहुँको उपस्थिती महशुस भएको छैन् ,उनले भने ।

जनजाति बाहुल्यता छ ५ -५ जना अरु सदस्य कांग्रेसको हुँदा जनजातिको १ जना पनि छैन । पार्टीमा १९ बर्ष देखि जिम्मेवारीमा छैन्, तर नजिकै बाट हेरेको छु, जोशीले भने । २०० शिक्षकको त तनहुँको दरबन्दी काटियो किन कोहि बोल्दैन । एउटा क्याम्पस त्रि.बि आङिक क्याम्पस छैन किन ? बिगतको मेरो पहल पनि सार्थक भएन ।

यदि यसो भए भने जोशीको नाम रहन्छ रे भन्दै जोशीले मुख खोलेका छन् । काङ्ग्रेस जिल्ला भित्र बाटनै यस्तो भयो । केन्द्रमा चाकडी गरेर राम्रो ८००० कृयाशिल सदस्यलाई निष्क्रिय किन तनहुँ मा ? जोशीले भने, ५-५ जना केन्द्रिय सदस्यले समेत राम्रो कांग्रेसलाई एमाले वा अरु पार्टीमा गए भन्ने तल्लो स्तरको जवाफ फर्काएका छन ।

तर ३ पुस्ताको रगत कांग्रेसमा बगेको छ । त्यसको कांग्रेस पार्टी पंक्तिले किन मूल्यांकन गर्न सेकेको छैन् । उनले पुन थपेका छन्,‘ तनहुँ कांग्रेसलाई प्रचण्ड बाबुरामको बिचारको झोला बिक्नु पर्ने कारण किन आइलाग्यो ।, बिपि को बिचार बोकेको छु भन्नू पत्याउन सकिन्छ तनहुँ कांग्रेसले ? उनले प्रश्न गरेका छन् ।

‘आज उहाँहरु पदमा हुनुहुन्छ आज हामीले यी प्रवृत्ति बिरुद्द आवाज उठाइएन भने भोलिको सन्ततिले हामीलाई सराप्ने छन्, उनले भने ।’ त्यति मात्रै होइन । ६२-६३ को जनआन्दोलन स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जेलभित्र राख्ने शाही आयोगको थ्रेटको बाबजुद जेलभित्रको गिरिजाको हस्ताक्षर डिजिटल कपि गरि आन्दोलनलाई मोर्चा जान मैले मोलेको जोखिम किन कांग्रेसले बुझेन भन्दै उनने प्रश्न समेत गरेका छन् ।

अतिबादी बिचार भएकोले कहिले पनि निकास दिन सक्तैनन् । पार्टीले साधारण सदस्य बाट त बन्चित गर्यो भने टिकट देला त भन्ने तर्क रहेको थियो । स्थानीय निकाय निर्वाचनमा जिल्ला कांग्रेसले के गर्यो प्रष्ट छ ।

चुनाव पनि चाडपर्व पनि संगै आयो । तनहुँको राष्ट्रिय राजनीतिमा हैसियत गुमेको छ । ‘विकृति- विसंगतिको विरुद्ध इमानदार कांग्रेस रोइरहेको छ्न भागबन्डामा कांग्रेस । बि.पि ले भने जस्तो चुपचाप बस्ने कार्यकर्ता कि त दास हुन कि त अवसरबादी हुन् । ठोकुवा गर्नुस् आउने निर्वाचन पछि कांग्रेसले अनपेक्षित परिणाम बेहोर्छ । उनले भने ।’

जोशीले आग्रह गरेका छन्, ‘मैले कहिले पनि कुनै पार्टी सम्प्रदाय ब्यक्तिवाद कहिले पनि हुन्न मलाई एकपटक सहयोग गरिदिनु होला ।’

उक्त कार्यक्रममा बिकृत कांग्रेसको नेतृत्व बाट सचा बि पि चिन्तक त कांग्रेस पछाडि परेको विभिन्न बक्ता तथा कांग्रेसको चिन्तकहरुले राकेका छन् । त्यस्तै साहित्यकार तथा समालोचक डिल्लिराम मिश्रले समेत स्वर्ग भुमि तनहुँको कांग्रेस राजनीति धमिलो हुँदै गएको चिन्ता व्यक्त गरे । everestheadlines.com

#गोबिन्दराज जोशी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker