कोभिड-१९ ले थलपरेको पर्यटनलाई चलायमान बनाउन भिमाद-पाथर्दी पदयात्रा

भञ्ज्याङ न्यूज

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै गत चैत्र महिनादेखि गरिएको लकडाउनले पर्यटन क्षेत्र पनि नराम्रोसंग थलपरेको छ । कोभिडले सुस्ताएको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन तनहुँमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न थालिएको छ ।

कोभिड-१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले भिमाद नगरपालिका-९ भानुमती स्थित पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्रा कार्यक्रम गरेको छ ।

भिमाद-६ स्थित भिमाद बजारबाट शुरु पदयात्रा पाथर्दीमा पुगेर टुङ्गएिको थियो । पदयात्राको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले पर्यटनबाटै समृद्धि सम्भव रहेकाले प्रदेश सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम बनाएको बताए ।

कोभिड-१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनःसञ्चालन गर्न पदयात्राको आयोजना गरिएको घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए । पदयात्रामा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

‘कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गरेका हौ’, उनले बताए ।

पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड-१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।

पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker