पहिरो हटाउनै सकस

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक माथिबाट ठूलो चट्टानसहित पहिरो झर्दा सडकको एक लेन पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो झरेको एक महिना बितेपनि हटाउने कामले पूर्णता पाउन सकेको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले अहिले आधा/आधा घण्टा राजमार्गमा सावारीसधान रोकेर पहिरो हटाउने कार्य गरिरहेको भएपनि ठूलो चट्टान सहित झरेको पहिरो चुनौतीपूर्ण बनेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










