तनहुँका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

भञ्ज्याङ न्यूज

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं. २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी सुरु गरिएको हो ।

तनहुँ क्षेत्र नं. २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शनिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै नगरप्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालको उपस्थितिमा कार्यालय स्थापना गरिएको थियो ।

यस्तै, आइतबार बिहान मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दलबहादुर केसी, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतको उपस्थितमा दमौलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कार्यालय स्थापना कार्यक्रममा सहभागिहरुले शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गराउनेछ ।

निर्वाचनको मिति नजिकिँदै गएकाले तनहुँमा निर्वाचनको आवश्यक तयारी सुरु गरिसकिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले बताए । यसपटक सम्बन्धित निर्वाचन क्षेत्रमै कार्यालय स्थापना गरी मनोनयपत्र दर्ता र मतगणनाको काम हुने उनले बताए ।

जिल्लामा दुइ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । स्थानीय तह निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिकपछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता संख्या कायम गरेको हो ।

तनहुँका १० पालिकाका ८५ वडामा १४२ मतदान स्थलमा ३०५ मतदान केन्द्र कायम गरिएको छ । स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार १५५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुइ लाख ४४ हजार ३४० मतदाता रहेका थिए ।

तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २३ हजार ४९० र क्षेत्र नं २ तर्फ एक लाख २५ हजार पाँच मतदाता कायम भएको छ । विसं २०७४ को प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा जिल्लामा दुइ लाख ११ हजार ३९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेशसभा (क) मा ६७ हजार १४४ र प्रदेशसभा (ख) मा ५६ हजार ३४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नं २ प्रदेश (क) मा ६७ हजार ३२ र प्रदेश (ख) मा ५७ हजार ९७३ मतदाता कायम भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker