नारेश्वर ताल

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित नारेश्वर ताल । करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर ताल व्यास नगरपालिकाले कङ्क्रिट ग्राभिटी ड्याम प्रविधिबाट निर्माण गरेको हो । तालको बाँध करिब आठ मिटर अग्लो छ भने औसत गहिराइ २/५ देखि तीन मिटरसम्म रहेको छ । तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने बताइएको छ । कृषि, पर्यटन, वातावरण र स्थानीय रोजगारीसँग जोड्ने गरी यो ताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समय ताल अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ










