श्रीमतीको हत्या गरि ११ टुक्रा पारेर गाड्ने श्रीमान पक्राउ

हेटौंडा । आफ्नी श्रीमतीको निर्मम ढंगबाट हत्या गरि ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

उत्तारी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रीनको बन्चरो प्रहार गरि हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पाख्रीनले गत २७ गते श्रीमतीको हत्या गरि सोही दिन बन्चरोले शवलाई टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा गाढेका थिए ।

घटनापछि उनले श्रीमतीको कपडा समेत सोही स्थान नजिकै गाडेको प्रहरीको भनाइ छ । गाउँमा एक्कासि महिला हराएपछी प्रहरीले मंगलबहादुरलाई पक्राउ गरि सोधपुछ गर्दा उनले श्रीमती मारेर गाडेको स्थान देखाएको प्रहरीको भनाई छ । प्रहरीने पाख्रीनलाई १० दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker