तनहुँमा हुने महिला वास्केटबलमा छ प्रदेशको सहभागिता

भञ्ज्याङ समाचारदाता/दमौली

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तनहुँमा महिला वास्केटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका स्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार दिउँसो १ बजे प्रतियोगिताको शुभारम्भ गरिने छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका ३६ खेलमध्ये महिला वास्केटबल प्रतियोगिता तनहुँमा गर्न लागिएको हो । उक्त प्रतियोगिताका लागि आवश्यक तयारी पुरा गरिएको छ भने, प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी बिहीबार दमौली आइपुगेका छन् ।

महिला बास्केटबल प्रतियोगिता अन्तर्गत दुइ विधामा खेल सञ्चालन हुनेछ । छ जना खेल्ने खेलमा छवटा प्रदेश र तीन जना खेल्ने खेलमा छ प्रदेशसहित आठ वटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए । तीन जना खेल्ने खेलमा छ वटा प्रदेशका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिम सहभागी हुँदैछ ।

प्रतियोगिताका लागि दमौली बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ । शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, संघसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।

तनहुँले पहिचानसहितको कार्यक्रम गर्ने बताउँदै अध्यक्ष पाण्डेले भने, ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्र्छौं ।” खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको छ । खेलमैदानमा रङरोगन, सरसफाइ गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ । यहाँ रहेको दुइ वटा मैदानमा खेल सञ्चालन हुनेछ ।

‘खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ’, पाण्डेले भने, ‘स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्यरुपमा सम्पन्न गराउन आतुर छन् ।’ खेलमैदान नजिक चेञ्जिङ रुम र शौचालय तयार गरिएको छ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियल सहित १५६ जना दमौली आइपुगेका छन् ।

आवासको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ । खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग बैठक बसिएको छ । उनले भने, ‘शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको छ ।’

व्यास नगरपालिकाको आर्थिक सहयोगमा मैदान तयार पारिएको छ । व्यासले उक्त कार्यका लागि ७ लाख ६३ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, जिल्लाका अन्य नगरपालिकासंग १/१ लाख र गाउँपालिकासंग ५०/५० हजार रुपैयाँ सहयोगका लागि आग्रह गरिएको अध्यक्ष पाण्डेले बताए ।

तनहुँबाट एथलेटिक, कवड्डी, भलिबल, फुटबल, कराते, टाइकोन्दु, बक्सिङ, स्युमिङ लगायतका खेलमा खेलाडीहरु सहभागि छन् । उनले भने, ‘बालबालिकालाई विद्यालयस्तरदेखि नै खेलमा आकर्षण गरी दक्ष्य प्रशिक्षकद्वारा खेलको प्रशिक्षण दिइयो भने भविष्यमा जिल्लाबाटै अधिक संख्यामा दक्ष्य खेलाडीहरु उत्पादन गर्न सकिन्थ्यो ।’

व्यासमा हुन गइरहेको महिला वास्केटबल प्रतियोगिताले खेलकुदको क्षेत्रमा मात्र नभई यहाूको पर्यटकीय क्षेत्रलाई पनि उजागर गर्न मद्दत पुर्‍याउने व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । ‘देशका कुना कप्चाराबाट खेलाडीहरु र उनीहरुसंगै प्राविधिक टोलीहरु पनि आउछन्’, उनले भने, ‘यहाँ बसिन्जेल फुर्सादको समयमा जिल्लाका पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र अवश्य पनि घुम्नेछन् र उनीहरु मार्फ नै यहाँका क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुग्नेछ ।’

यस्तै, जिल्लामा सुविधा सम्पन्न खेलमैदान लगायतका पूर्वाधारको बिकास नहुँदा पनि अन्य खेल जिल्लामा ल्याउन नसकिएको उनले बताए । ‘अन्य खेल खेलाउन राम्रो खेलमैदान पनि छैन । प्रतियोगिताका क्रममा आउने खेलाडी र अन्य पाहुँना राख्नका लागि आवश्यक मात्रमा होटलहरु पनि छैनन्’, नगरप्रमुख न्यौपानेले भने, ‘यो खेल लगातै आवश्यक पूर्वाधार जुटाउन हामीले लाग्नेछौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker