व्यासका विद्यालयस्तरमा डेंगु सचेतनाका लागि अभिमुखीकरण

दमौली । तनहुँको व्यास नगरपालिकाले विद्यालय स्तरमा डेंगु सचेतनाका लागि अभिमुखीकरण गर्ने भएको छ । नगरपालिकाको दमौली बजार क्षेत्र गत वर्ष डेंगुले ग्रस्त भएपछि यस पटक विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम गरी सचेत गर्ने तयारी गरेको हो ।
वर्षायाम सुरु भएसँगै यस वर्षपनि डेंगु रोगका संक्रमितहरु देखिन सुरु भैसकेको र समयमै रोकथाम गर्न नसके पुनः महामारी फैलन सक्ने सम्भावना भएको हुँदा डेंगु नियन्त्रणका लागि सबै वडाका निजी तथा सामुदायिक विद्यालयमा अभिमुखीकरण गर्न निर्देशन दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
सबै वडामा खोज र नष्ट गर अभियान कार्यक्रमलाई निरन्तरता दिन भनिएको उनले बताए । नगरपालिकाको १, २ लगायतका वडाका टोलटोलमा डेंगु नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिसकेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker