तनहुँका ७ जना सहित २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ भने ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९८०, ललितपुरमा २२१, कास्कीमा ८७, भक्तपुरमा ८५, मोरङमा ६२ र रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै चितवनमा ४७, काभ्रेपलाञ्चोकमा ४०, कञ्‍चनपुरमा ३८, कैलालीमा ३०, झापामा २६, मकवानपुरमा २४, पर्सामा २२, सुनसरीमा २१, धनुषामा १९, दाङमा १७, गोरखा बागलुङ र बाँकेमा १४/१४ जना, धादिङमा ११ तथा सर्लाही र नवलपरासी पश्‍चिममा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । तनहुँका ४ महिला र ३ पुरुष सहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker