भानुको राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्यानिकुञ्ज मावि वयापानीले जित्यो

भानु : तनहुँको भानु नगरपालिकाको नगरस्तरीय खेलकुद विकास समितिले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानु–१२ वयापानीको विद्यानिकुञ्ज माध्यमिक विद्यालयले जिन्त सफल भएको छ ।

वडा नं. ९ काउरेटार स्थित खेलकुद मैदानमा आयोजित प्रतियोगितामा विद्यानिकुञ्ज माविले कूल ३० स्वर्ण पदकहरू मध्ये ६ स्वर्ण, १ रजत र २ कास्य पदक जम्मा ९ पदक प्राप्त गरी विजेता बनेको हो ।

उक्त प्रतियोगितामा कालिका मावि भानु–९ डुम्रिखर्कले ५ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ भने कर्मदा मावि भानु–९ वाइसजंघारले ४ स्वर्ण र ३ रजत पदक सहित तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा कूल २४ विद्यालयहरूले सहभागिता जनाएका थिए र १६ विद्यालयहरूले कुनै न कुनै पदक जित्न सफल भए । विद्यालयहरु प्राप्त गरेको पदक तालिका यस प्रकार रहेको छ ।

प्रथम स्थान प्राप्त विद्यालय विद्यानिकुञ्ज माविले नगद रु २५,०००, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो स्थानका विद्यालयहरूले क्रमशः रु २०,००० र रु १५,००० नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker