मतदाता रिझाउन पौडेल भन्छन् : ‘मैले हार्नु भनेको तपाईंहरूले आफैंलाई हराउनु हो’

भञ्ज्याङ न्यूज

सातौपटक चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

मंसिर-४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता पौडेलले आफूले हार्नु भनेको तनहुँले हारेको जस्तै भएकाले भोट माग्न आवश्यक नभएको भन्दै मतदातालाई रिझाउन थालेका छन् ।

व्यास-१० को दुम्सिचौर र श्रीभञ्ज्याङ्ममा मंगलबार घर दैलो गर्दै उनले भने, ‘तनहुँ भनेको मेरो आफ्नो घर हो । त्यसैले भोट माग्नुपर्छ जस्तो लाग्दैन । तपाईंहरूले आफैँलाई जिताउनु हो । आफैँलाई हराउनु हो । त्यसैले भोट माग्ने कुरा होइन । मिलेर काम गर्ने हो ।’

आफ्नो निर्वाचन क्षेत्रमा घर दैलो कार्यक्रम गर्दै हिड्का पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । उनले आफूहरूले विकास निर्माणका लागि राजनीति गरेको समेत बताए ।

उनले भने, ‘अहिलेसम्मको उपलब्धि खतरामा परेपछि कस्तो अवस्थामा गठबन्धन निर्माण भएको सबैलाई थाहा छ । हामीले संविधान, लोकतन्त्र र गणतन्त्रलाई बचाउन गठबन्धन गरेका हौँ ।’

समयसँग आवश्यकता बढ्दै जाने भएकाले क्रमबद्ध रूपमा विकास निर्माणलाई अगाडि बढाएको पौडेलको भनाइ थियो ।

‘हामीले सकेको गरेको छौं विकासकै लागि हामीले राजनीति गरेका हौँ । विकासविनाको राजनीति खोक्रो हुन्छ’ उनले भने, ‘हामीले राजनीति जोगाएर विकास गरेका छौँ । एकैचोटि सबै कुरा हुँदैन । आवश्यकता बढ्दै जान्छ त्यही अनुसार काम अगाडि बढाउनुपर्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker