मानहुँकोटको सुन्दरता

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट देखिएको सूर्योदय र दमौली बजार ढाँकिएको कुहिरोको मनोरम दृष्य। चिसो मौसम सुरुभएसंगै व्यास नगरपालिका क्षेत्रको बेसी क्षेत्रमा लाग्ने कुहिरो, कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न पर्यटक मानहुँकोट पुग्ने गरेका छन् । दशैं पर्वसंगै मानहुँकोटमा पर्यटकको आवगमन बढ्न थालेको छ । तस्बिर : भञ्ज्याङ










